शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आदिबासी जनजाती कतारले भर्चुअल माध्यमबाट २६औँ आदिबासी दिवस मनाउने

दैनिक नेपाल २०७७ साउन १३ गते २३:२०

कतार । नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारले यस पटकको २६औं विश्व आदिवासी दिवस जुममार्फत आयोजन गर्ने भएको छ ।

जनजाति महासंघ कतारको जुम मार्फत बसेको बैठकले भर्चुअल माध्यम प्रयोग गरेर दिवस मनाउने निर्णय गरेका हो ।

आदिबासी जनजाति महासंघ कतारको अध्यक्ष शिव भुजेलको अध्यक्षतामा बसेको बैठकमा प्रमुख सल्लाहकार, बिशेष सल्लाहकार, संस्थापक तथा सल्लाहकार सदस्य तथा संघी सचिवालय सदस्यहरु सहभागी थिए ।

बिगतका वर्षहरुमा महासंघ कतारले सम्पूर्ण मातृ संस्थाहरुको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम र शुभकामना कार्यक्रम दोहामा स्थापित संघसंस्थाहरुको सहभागितामा भव्य रुपमा आयोजना गर्दै आईरहेको थियो ।

यस बर्ष कोभिड–१९ को विश्वव्यापी महामारी मानव जगतमा यस्ले पारिरहेको प्रभावलाई र कतारमा कतार सरकारद्वारा घोषित बिषयहरुलाई मध्यनजर गर्दै आदिबासी जनजाति महासंघ संघीय सचिवालयको जुम बैठकले जुम भर्चुअल मार्फत अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाउने निर्णय गरेको हो ।

यस बर्षको २६औं विश्व आदिबासी दिवस आगामी ७ अगष्ट, २०२० शुक्रवारका दिन कतारको समय १ बजेबाट जुम भर्चुअल मार्फत गरिने र २६औं विश्व आदिबासी दिवसको प्रमुख अतिथि (प्रमुख वक्ता) नेपाल आदिबासी जनजाति महासंघ, संघीय परिषद् अध्यक्ष जगत बराम रहने बताइएको छ ।

यस्तै अतिथी वक्ताहरुमा आदिबासी जनजाति महासंघ कतार प्रमुख सल्लाहकार देवराज राई, प्रवासी नेपाली एकाता मञ्च कतारका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिति कतारका कार्यवाहक सभापति शंकर न्यौपाने र नेपाली समाज कतारका अध्यक्ष हिराधन राई रहने छन् ।

प्रतिक्रिया
सम्बन्धित