७ मंसिर २०८३, सोमबार

कांग्रेस भए सुनलिबहादुर : सूर्यबहादुर पुत्र, शेरबहादुर शुत्र

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । राप्रपामा सह–महामन्त्रीको पद परित्याग गरेका सुनिलबहादुर थापा मंगलबार औपचारिक रुपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार मात्रै राप्रपामा ३० जना नेतासहित राजीनामा गरेका सुनिलबहादुरलाई नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा गरिएको औपचारिक कार्यक्रममा सदस्यता प्रदान गरी सभापति शेरबहादुर देउवाले भित्राएका हुन् ।

कार्यक्रममा रामचन्द्र पौडेल, विजयकुमार गच्छादारलगायतका नेताको पनि सहभागीता रहेको थियो । देउवासँग भएका चरणबद्ध छलफलपछि सह–महामन्त्रीकै पदमा ल्याउने गरी सुनिलबहादुरलाई भित्राएको उच्च स्रोतले जनाएको छ ।

राजा महेन्द्रको प्रत्यक्ष शासनकालमा प्रभावकारी प्रधानमन्त्रीत्व चलाएका धनकुटाका नेता सूर्यबहादुर थापाका पुत्र हुन्, सुनिलबहादुर । देउवाले आगामी महाधिवेशनलाई टार्गेट गरी सुनिलबहादुरलाई पदाधिकारीमै भित्राउने तयारी गरेको बताइएको छ ।

सुनिलबहादुरले राप्रपा छाडेपछि एकीकृत भए पनि उक्त दलमा ठूलो धक्का लागेको बताइएको छ । सुनिलबहादुरको प्रवेशले धनकुटामा राप्रपाले निरन्तर जितिरहेको क्षेत्रमा प्रभाव पर्न सक्ने आँकलन गरिएको छ ।