
रुकुम, १३ साउन । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–९ स्याला गाउँमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ ।
सोमबार राती घरमाथिदेखि पहिरो खस्दा स्यालाका २२ वर्षिय नवीन सुनार र १६ वर्षिय बलबहादुर सुनारको ज्यान गएको हो ।
बलबहादुर साथीको घरमा गएका थिए । स्थानीय र प्रहरीको सक्रियतामा पहिरोबाट शब निकालिएको अस्थायी प्रहरी पोस्ट छिनखेतका ईन्चार्ज असई बालकृष्ण खड्काले जानकारी दिएका छन् ।
पहिरोमा परेर घाइते भएका तीन जनाको स्थानीय र नेपाल प्रहरीले सकुशल उद्दार गरेको छ । ५५ वर्षिय झुपी सुनारको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
पहिरोले करिब १ सय ५० मिटर तल सम्म घरलाई बगाएको छ ।











प्रतिक्रिया