७ कार्तिक २०८३, शनिबार

बालुवाटारमा नेकपाको यो कस्तो ‘गाईजात्रा’ ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले स्थायी समितिको बैठक हुने र स्थगित गरेको भन्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा गाईजात्रा देखाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार ११ बजे हुने भनिएको स्थायी समितिको बैठक स्थगन भएको सूचना जारी गरे तर त्यहिँ नेकपाका प्रवक्ता भने १५–२० जना बैठक स्थलमा रहेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान हुने भनिएको वार्ता नभएका कारण स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जनाइएको थियो ।

तर प्रचण्ड पक्षधर भनिएका माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेता भने बैठकस्थल पुगेका थिए । अध्यक्षद्वयबीच वार्ता नभई बैठक नहुने स्थिति भए पनि सत्तारुढ पार्टीका नेताको यो गाईजात्राले जग हसाएको कतिपयको टिप्पणी छ ।