शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अभिनेत्री ऐश्वर्या र छोरी आराध्या काेराेना मुक्त

दैनिक नेपाल २०७७ साउन १३ गते ६:२९

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनीहरू सोमबार अस्पतालबाट डिस्चार्ज भएको अभिषेक बच्चनले ट्विटरमार्फत सार्वजनिक गरेका हुन् ।

‘तपाईंको माया र प्रार्थनाको लागि धन्यवाद । यसको लागि म जिन्दगीभरि ऋणि हुनेछु । ऐश्वर्या र आरध्याको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन । उनीहरू अहिले घरमै होलान् । म र मेरो बुबा भने मेडिककल टिमको निगरानीमा अस्पतालमै छौं’, अभिषेकले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित