शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

काेरोनाबाट स्याङ्जाका युवकको साउदीमा मृत्यु

दैनिक नेपाल २०७७ साउन १२ गते १०:२४

स्याङ्जा, १२ साउन । काेरोना सङ्क्रमणका कारण स्याङ्जाका एक युवकको साउदी अरबमा ज्यान गएको छ ।

साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठको ज्यान गएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्णपङ्गेनीले जानकारी दिए ।

श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि साउदी पुगेका थिए । श्रेष्ठ स्याङ्जा सहयोग समाजलगायतका सङ्घसंस्थामा सक्रिय थिए ।

श्रीमतीसहित साउदीमा बस्दै आएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाडाैंमै छोडेर साउदी गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित