शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

विराटनगरमा चार महिला स्वास्थ्यकर्मीमा कोरोना

दैनिक नेपाल २०७७ साउन १२ गते १०:१६

विराटनगर, १२ साउन । विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल प्रालिमा कार्यरत चार जना महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चार जना स्टाफ नर्समा कोरोना रिपोर्ट पोजेटिभ देखिएसँगै नर्सिङ होममा आवद्ध संक्रमितको संख्या पाँच पुगेको छ ।

६५ वर्षीय चिकित्सकमा गत मंगलबार कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत अरु कर्मचारी र स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएको थियो ।

पहिलो चरणमा परीक्षण गरिएका ५८ जना मध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । ५४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी उनले दिए ।

आइतबार पोजेटिभ रिपोर्ट आएकाहरुमा क्रमशः २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन्। संक्रमित मध्ये एकजना कोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

उनी विराट नर्सिङहोममा पनि आंशिक रुपमा कार्यरत रहेको जनाइएको छ । संक्रमित स्वास्थ्यकर्मी विराटनगर ५ र १० नम्बर वडाका हुन् ।

प्रतिक्रिया
सम्बन्धित