शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

म्याग्दी कांग्रेसकाे बाढीपहिरो राहत कोषमा आयरल्याण्डबाट १ लाख

दैनिक नेपाल २०७७ साउन १२ गते ९:५६

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले स्थापना गरेको बाढीपहिरो राहत कोषमा नेपाली जनसम्पर्क समिति आयरल्यान्डले १ लाख रुपियाँ सहयोग गरेको छ ।

म्याग्दीका रेशम रोकाको संयोजत्वमा आयरल्यान्ड संकलन गरेको १ लाख रुपियाँ राहत कोषको लागि पठाएको हो ।

धवलागिरी ६ मराङ्ग, मालिका गाउँपालिका ७ बिम, लगायतका ठाउँमा गत असार २५ गते गएको बाढीपहिरोले घरबास गुमाएका र विस्थापित भएका पीडितहरूलाई राहत दिलाउनका लागि सुरु भएको राहत कोषमा सहयोगी दाताहरूबाट संकलन गर्ने अभियान जारी राखेको नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधव प्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार हालसम्म कांग्रेसले विभिन्न ठाउँमा १० लाख बराबारको राहत वितरण गरेको छ । राहत संकलन अझै केही दिन चल्ने र वितरण पनि जारी रहने कांग्रेसले जनाएको छ ।

देश तथा विदेशबाट उल्लेख्य सहयोग जुटेको र सोही सहयोग पीडितकै घर दैलोमा पुगेर वितरण गरेको पार्टी सभापति खम्बिर गर्बुजाले बताए । उनले कांग्रेसले थालनी गरेको अभियानमा सहयोग गर्ने सहयोगदातालाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया
सम्बन्धित