शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

१ सय ४ वर्षीया हलिउड अभिनेत्रीको निधन

दैनिक नेपाल २०७७ साउन १२ गते ७:०२

पेरिस । हलिउड अभिनेत्री ओलिभिया डे हेभिल्याण्डको १ सय ४ वर्षको उमेरमा निधन भएको छ ।

हलिउडमा ५० वर्षको करिअर बनाएकी ओलिभियाले ५० बढी फिचर फिल्ममा अभिनय गरेकी थिइन् । साथै आफ्नो समकालिन कलाकारमा उनी सबैभन्दा धेरै उमेर बाँच्ने कलाकार समेत हुन् ।

ओस्कारमा विजेता बनिसकेकी ओलिभिया १९६० देखि पेरिसमा रहँदैआएकी थिइन् । उनी बहिनी जोन फोन्टाइनसँग नजिक थिइन् ।

जोन पनि ओस्कार विजेता अब्बल अभिनेत्री हुन् । ओलिभिया सबैभन्दा धेरै वर्ष बाँच्ने ओस्कार विजेता कलाकार समेत बनिन् । उनको निधनमा थुप्रै हलिउडकर्मी तथा अन्य प्रतिष्ठिट व्यक्तिहरुले श्रद्धाञ्जलि दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित