शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

शेखर कोइराला भन्छन्– गोविन्दराज जोशीलगायतलाई पार्टीबाट निकाल्नु दुर्भाग्यपूर्ण

दैनिक नेपाल २०७७ साउन ११ गते ११:२४

काठमाडौं, ११ साउन । गत चुनावमा अनुशासन तोडेको अभियोगमा नेपाली कांग्रेसले नेता गोविन्दराज जोशीलगायतलाई पार्टीबाट निस्काशन गर्नु दुर्भाग्यपूर्ण भएको नेता शेखर कोइरालाले बताएका छन् ।

आधारहीन र मनगढन्ते तर्क अगाडि जोशीसहितका नेताहरुलाई पार्टीबाट निस्कासन गरिएको कोइरालाको भनाइ छ ।

कांग्रेसको अनुशासन समितिले शनिबार तनहुँका जोशी, कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो ।

कोइरालाले फेसबुकमा लेखेका छन्, ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं । यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ? आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो ।’

प्रतिक्रिया
सम्बन्धित