शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

गृह मन्त्रालयमाथि खनिँदै पूर्वमन्त्री बाँस्कोटा लेख्छन्– के जात्रा देखाएको ?

दैनिक नेपाल २०७७ साउन ११ गते १०:२०

फाइल तस्वीर

काठमाडौं, ११ साउन । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटा गृह मन्त्रालयमाथि खनिएका छन् ।

यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै उनले गृह मन्त्रालयमाथि आक्रोश पोखेका हुन् ।

एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको उल्लेख गर्दै सोधेका छन्– यो के जात्रा देखाएको ?

बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्काे बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती, के उद्देश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ ।’

प्रतिक्रिया
सम्बन्धित