शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रियंकाको चर्चित अफेयर्सहरू

दैनिक नेपाल २०७७ साउन ११ गते ९:४४

मुम्बई । बलिउड नायिका प्रियंका चोपडा ३८औं जन्मोत्सव मनाएकी छिन् । थुप्रै मानिसहरू उनको प्रशंसक छन् । बलिउडदेखि हलिउडसम्म नै चर्चा पाएकी अभिनेत्री चोपडाले अमेरिकी गायक निक जोनाससँग विवाह गरिन् ।

उनले आफूभन्दा करिब १० वर्ष कान्छा युवकसँग विवाह गरेर झनै चर्चा पाइन् । उनको निक जोनाससँग पहिलो प्रेम भने होइन । बलिउड आउनुअघि र पछि उनका थुप्रै प्रेम सम्बन्धले चर्चा पाएको छ ।

प्रियंकाको पहिलो प्रेम असीम मर्चेन्टसँग बसेको थियो । उनले बलिउडमा आउनुअघि असीमसँग प्रेम गाँसेकी थिइन् । विस्तारै फिल्ममा चर्चा पाउन थालेपछि उनीहरूको सम्बन्धमा पूर्णविराम लाग्यो ।

असीमसँग सम्बन्ध टुटेकी प्रियंकाको अक्षय कुमारसँग नाम जोडियो । एकसाथ फिल्ममा देखिन थालेपछि उनीहरूको प्रेमको चर्चा निकै चल्यो । उनीहरु निकै नजिक भए । जसको परिणामस्वरुप निकै बोल्ड फोटोशुट समेत गराएका थिए ।

उनीहरूको प्रेमको बीचमा अक्षयकी श्रीमती ट्विङ्कल खन्ना आइन् । उनले प्रियंकाको साथमा फिल्म खेल्न समेत बन्देज लगाइन् । त्यसपछि अक्षयले प्रियंकासँग दुरी कायम गरे ।

त्यसपछि, प्रियंकाको पुनः हरमन बावेजासँग नाम जोडियो । उनीहरूले एकसाथ फिल्म समेत खेले तर फिल्म फ्लप भयो । प्रियंकाको नाम शाहरूख खान, जेरार्ड बटलर र शाहिद कपूरसँग पनि जोडियो ।

यी अभिनेताहरूसँग उनको अफेयर चलेको हल्ला मात्रै हो वा वास्तवमै सम्बन्धमा रहेका थिए त्यो भने कसैले खुलेर बताएनन् ।

प्रतिक्रिया
सम्बन्धित