शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बाख्रा चराउन गएका दुई बालिका मृत भेटिए

दैनिक नेपाल २०७७ साउन ११ गते ९:२६

सांकेतिक तस्वीर

सर्लाही, ११ साउन । बाख्रा चराउन गएका दुई बालिका सर्लाहीको ईश्वरपुर नगरपालिकामा मृत फेला परेका छन् ।

ईश्वरपुर नगरपालिका–१४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो स्थानीय प्रकाश महतोको नयाँ खन्दै गरेको पोखरीमा मृत फेला परेका हुन् ।

शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका उनीहरू साँझसम्म नफर्केपछि खोजी गरिएको थियो । सोही क्रममा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ ।

दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको छ । दुवै बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याइसकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित