मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

कांग्रेसको काखमा सूर्यबहादुर पुत्र !

महाधिवेशनको मुखमा आफूलाई बलियो बनाउने डफ्फा भित्राउँदै शेरबहादुर

दैनिक नेपाल २०७७ साउन ११ गते ९:१६

काठमाडौं, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको सह–महामन्त्रीबाट राजीनामा घोषणा गरेका सुनिलबहादुर थापालाई नेपाली कांग्रेसमा प्रवेशको बन्दोबस्त मिलाइएको छ ।

उच्च स्रोतका अनुसार सह–महामन्त्रीकै हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवाले थापासहित उनीसँगै राजीनामा दिने ३० जनालाई भित्राउन लागेको बताइन्छ ।

कांग्रेस १४ औं महाधिवेशनको तयारी भइरहेका बेला आफ्नो पल्लाभारी बनाउनका निम्ति देउवाले थापालाई भित्राउन लागेको बताइएको छ । थापासँगै राजीनामा दिने अन्यसहित जिल्लाहरूमा पनि पार्टी प्रवेश गराउने तयारी भएको छ ।

कांग्रेस सभापतिको अर्को कार्यकाल पनि आफैंले बिताउने तयारी गरेका देउवाले आफूलाई बलियो बनाउन थापासहितको डफ्फा भित्राउन लागेको चर्चा सुरु भएको हो ।

देउवा र थापाबीच चरणबद्ध वार्ताहरू भएका थिए । प्रजातान्त्रिक विचारधारा मिलेका कारण थापाको कांग्रेस प्रवेश अन्यथा नहुने कतिपयको बुझाई छ । आफूलाई पार्टीमा अझ बलियो बनाउनका लागि देउवाले यसअघि लोकतान्त्रिक फोरमलाई बिलय गराएका थिए ।

चुनावअघि देउवाले भित्राएको समूहका नेतृत्वकर्ता गच्छादार पार्टीका उपसभापति छन् । ‘नेपाली कांग्रेस नै प्रजातान्त्रिक र उदार लोकतन्त्रको नेतृत्वकर्ता भएकाले जो जुन समूह आउन चाहेको छ, उसले स्थान पाउँछ’, एक नेता भन्छन्,‘कम्युनिस्टको विकल्प जनताले रोज्दा बलियो कांग्रेस नै रोज्ने हो ।’

राप्रपामा थापासहित थापासहितका ३० जना नेताहरुले शनिबार साँझ पार्टी अध्यक्ष पशुपतिसमशेर राणालाई इमेलमार्फत संयुक्त राजीनामा बुझाएका थिए ।

सिन्धुपाल्चोकका नेता विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्रबहादुर घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साह, नारायण राउत, इन्द्रबहादुर तामाङ र राजकुमार राई छन् ।

डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रुपनारायण यादव, भिखारीलाल यादव, महेन्द्र बस्नेत, गोपी ठकुरीडोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे र ध्रुब थापाले पनि पार्टी परित्याग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित