बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बिरामीमा कोरोना, १४ जना अस्पताल कर्मचारी क्वारेन्टाइनमा

दैनिक नेपाल २०७७ साउन १० गते १०:४३

सप्तरी, १० साउन । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचाररत विरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि १४ जना अस्पताल कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ ।

शुक्रबार दिउँसोदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिबार विहानदेखि सुरु भएको छ ।

विष खाएर उपचारका लागि ल्याइएका तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

आकस्मिक कक्षमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीसहित १४ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित