शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अभिनेत्री साम्राज्ञीविरुद्ध हाले भुवन केसीले मुद्दा

दैनिक नेपाल २०७७ साउन ९ गते १५:३१

काठमाडौँ, ९ साउन । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले गाली बेइज्जती सम्बन्धी मुद्दा दायर गरेका छन् ।

केही समयअघि अभिनेत्री केसीले आफूमाथि दुव्र्यवहार गरेको शाहले आरोप लगाएकी थिइन् ।

तर शाहको उक्त आरोप खण्डन गर्दै केसीले आफ्नो चरित्र हत्या गर्न खोजेको भनेर शाहविरुद्ध कलाकार संघमा उजुरी दिएका थिए । अभिनेत्री शाहले ३ वटा फिल्म सुटिंगका क्रममा र जापानमा अवार्ड फंसनमा केसीले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।

तर आफूमाथि लागेको आरोप अभिनेता केसीले भने अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित