बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

एसीड आक्रमणकारी मुन्नाको बयान : ‘दारु’को बोतलमा दियो, हान्न लगायो 

दैनिक नेपाल २०७७ साउन ९ गते ९:१०

काठमाडौं, ९ साउन । काठमाडौंको सीतापाइलामा विहीबार एक युवतीमाथि एसीड आक्रमण गर्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुले ‘दारुको बोतलमा दिएको एसीड’ युवतीलाई प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् ।

रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने साहु मोहम्मद आलमले एसीड प्रहार गरेपछि राती नै भारत भाग्नका लागि सल्लाह दिएको पनि मुन्नाले बयान दिएका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरले मुन्नालाई बिहीबार राति ११ बजे पक्राउ गरेको थियो । घटनास्थल नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले मुन्नालाई पक्राउ गर्न प्रहरीलाई सजिलो भएको थियो ।

मुन्नाले बयानका क्रममा भनेका छन्,‘मलाई धेरै कुरा थाहा थिएन । दारुको बोतलमा दियो । देखेपछि मलाई यस्तो रहेछ भन्ने थाहा भयो । म पढे लेखेको थिइन, त्यसैले थाहा हुने कुरै भएन । जब हातमा परेर पोल्यो, त्यसपछि यो के चिज हो भन्ने भयो ।’

साहु मोहम्मदले पनि अभियोग स्वीकारेका छन् । आक्रमणमा परेकी २२ वर्षीय युवती पवित्रा कार्कीले आफूसँग प्रेम नगरेको भन्दै आलमले एसीड फ्याँक्न लगाएका थिए ।

कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीले प्रहरीसँग भनेकी छन्, ‘उनले यस्तो गर्लान् भन्ने मलाई एकरति पनि विश्वास थिएन ।’ आलम र युवतीको क्यासिनोमा काम गर्दा चिनजान भएको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित