शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

झमेलामा परिन् गायिका थापा, हिन्दूको चित्त दुखाइन्

दैनिक नेपाल २०७७ साउन ९ गते ७:३१

काठमाडौं । गायिका सोफिया थापाले आफ्नो गीतलाई लिएर धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेकी छन् । उनले सोमबार सार्वजनिक गरेको ‘तीज गीत’ विवादमा परेको थियो ।

विभिन्न व्यक्तिहरूबाट आफूलाई फोन र म्यासेजमा धम्की आइरहेको थापाले बताएकी छिन् । गीत नहटाएमा भौतिक आक्रमण गर्ने चेतावनीसमेत आएपछि आफूले बुटवल र काठमाडौं प्रहरीमा लिखित उजुरी दिएको उनले जानकारी दिइन् ।

हिन्दूवादीहरू संगठितरुपमा नै आफूमाथि खनिएको गायिका थापाले दाबी गरेकी छिन् ।

सोफियाले ‘यसपालीको तीज, नो व्रत प्लिज’ बोलको गीत आफ्नै रचना र संगीतमा गाएकी हुन् । उक्त गीतले तीजको मर्म र हिन्दू महिलाहरूको आस्थामा ठेस पु¥याएको भन्दै आलोचना भएको छ ।

सोफियाले चाहिँ आफूले गीतमार्फत लैंगिक चेतना जगाउने उद्देश्य मात्रै राखेको बताइन् । आफूले कुनै गल्ति नगरेको भन्दै उनले कसैको दवावमा परेर गीत यूट्यूटबाट नहटाउने अडान व्यक्त गरिन् ।

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति नामक संगठनले विज्ञप्ति जारी गरेर सोफियालाई सो गीत हटाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित