बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

कांग्रेसका युवा नेता एवम् समाजसेवी केसीलाई ‘कोभिड–१९ हिरो’ अवार्ड

दैनिक नेपाल २०७७ साउन ९ गते ६:०४

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका शुभेच्छुक एवम् समाजसेवी विजय केसीलाई ‘कोभिड–१९ हिरो’ अवार्ड प्राप्त भएको छ ।

अमेरिकामा रहेका नेपालीहरूको संस्था ‘हामी नेपाली’ले केसीलाई ‘कोभिड–१९ हिरो’ अवार्ड प्रदान गरेको हो । समाजसेवी केसीले कोरोना भाइरसका क्रममा भक्तपुरसहित राजधानीमा बसोबास गर्ने अति विपन्न व्यक्ति तथा परिवारहरूलाई उद्धार तथा सहयोग गरेको भन्दै हामी नेपालीले सो अवार्ड प्रदान गरेको छ ।

लकडाउनका बेला केसीले आफ्नै गृहजिल्ला भक्तपुरमा खाद्यान्नसहितका राहत वितरण गरेका थिए ।

उनले काठमाडौं उपत्यकामा लकडाउनले समस्यामा परेकाहरूलाई खाद्यान्न वितरणदेखि विभिन्न खालका सहयोगहरू गरेका थिए ।

नेपाली कांग्रेसप्रति शुभेच्छा र आस्था राख्ने केसी समाजसेवामा सक्रिय छन् । उनी सक्रिय राजनीतिमा छैनन् । तर, समाज सेवामा उनको सक्रियता निरन्तर रहेको छ ।

अमेरिकामा रहेका नेपालीहरूले नेपालमा कोराना भाइरसको संक्रमण र लकडाउनमा विशेष कार्य गरेकाहरूलाई हौसला प्रदान गर्न ‘कोभिड–१९ हिरो’ अवार्ड प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित