शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अमिताभ बच्चन कोरोनामुक्त, अभिषेकको बिहीबार नै डिस्चार्ज हुन सक्ने

दैनिक नेपाल २०७७ साउन ८ गते १४:५७

काठमाडौँ, ८ साउन । बलिउड अभिनेता अमिताभ बच्चन कोरोनोमुक्त भएका छन् ।

१२ दिनदेखि मुम्बईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचाररत बच्चनको पछिल्लो पटक गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

यद्यपि उनलाई अझै केही दिन अस्पतालमा डाक्टरहरुकै निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छ ।

अभिषेक बच्चनको पनि पछिल्लो रिपोर्ट नेगेटिभ आएकाले बिहीबार साँझसम्ममा अस्पतालले डिस्चार्ज गर्न सक्ने बताइएको छ ।

वुधबार पुनः गरिएको परीक्षणमा बाबु अमिताभ र छोरा अभिषेकको रिपोर्ट नेगेटिभ आएको हो भने ऐश्वर्या र आराध्याको रिपोर्ट भने हालसम्म आइनसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित