मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

न्यायाधीशको चित्तले छुटकारा पाएका पूर्वडिआइजी कोइराला आज जेलमुक्त

दैनिक नेपाल २०७७ साउन ८ गते ११:२०

काठमाडौं, ८ साउन । सशस्त्र प्रहरीका पूर्व नायव महानिरिक्षक (डिआईजी) रञ्जन कोइराला विहीबार जेलमुक्त हुँदैछन् । हालै मात्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संयुक्त इजलासले चित्तमा लागेको धारामा टेकेर उनलाई जेलमुक्त गर्ने फैसला सुनाएको थियो । जसलाई ‘विरोधाभाष’ फैसला पनि भनियो ।

सर्वोच्चको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर कोइराला जेलमुक्त हुन लागेका हुन् । कागजी प्रक्रिया मिलाइएको छ ।

डिल्लीबजार कारागारमा थिए, कोइराला । सर्वोच्च अदालतको पत्र प्राप्त भइसकेकाले कोइरालालाई थुनामुक्त गर्न कागजी प्रक्रिया जारी छन् ।

१५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरी सर्वोच्चको फैसला तयार पारिएको छ । पत्नी गीता ढकालको हत्या गरी पोको पारेर जलाएको अभियोग पुष्टि गर्दै उनी सर्वस्वसहित कारागार चलान भएका थिए । प्रधानन्यायाधीश राणासहित तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।

नेश्नल डिफेन्स कोर्सका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाएको पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित