शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कंगनासँग नायिकाहरूको भनाभन

दैनिक नेपाल २०७७ साउन ८ गते ७:३६

मुम्बई । बलिउड नायिका कंगना रनावत र बलिउडका केही नायिकाहरूको आरोप–प्रत्यारोप रोकिएको छैन । कंगनाले नायिकात्रय तापसी पन्नु, स्वरा भाष्कर र ऋचा चड्डालाई ‘बी ग्रेड’का नायिका बताएपछि उनीहरू कंगनासँग भड्किएका थिए ।

अब, कंगनाले यी तीन नायिकालाई जवाफ दिएकी छिन् । एक भारतीय मिडियासँग कुरा गर्दै कंगनाले भनेकी छिन्, ‘यो दुःखको कुरा हो कि उनीहरुले मलाई समर्थन गरिरहेका छैनन् ।

तर, जो बलिउड भन्दा बाहिरबाट आएका हुन्छन् उनीहरुलाई आफ्नो आमा–बुबासँग बस्न सहज हुँदैन । यसैले अपार्टमेन्ट लिएर बस्छन् । मलाई थाहा छ कि, तापसी, ऋचा र स्वरालाई घरको बिल तिर्नुपर्ने प्रेसर खुबै छ ।’

कंगनाले आफू बाँचे जसरी अरु पनि बाँच्न चाहन्छन् भन्ने नरहेको पनि बताएकी छिन् । कंगनाले भनिन्, ‘म बुझ्न सक्छु कि उनीहरुलाई आफ्नो दुश्मनको संख्या बढुन् भन्ने लाग्दैन । तर, म यत्ती मात्र चाहन्छु कि कमसेकम उनीहरुले अर्को व्यक्तिको संघर्षलाई इज्जत दिउन् ।’

कंगनाको यो भनाई सार्वजनिक भएपछि तापसीले ट्विटरमा यसको जवाफ दिएकी छिन् । उनले लेखेकी छिन्, ‘हेल्लो ऋचा र स्वरा, कोही मानिसलाई हाम्रो घरको बिल र इएमआइको निकै चिन्ता छ । बलिउड नगरी कती दयालु छ । हामी जस्ता बी ग्रेडका नायिकालाई पनि यत्ती धेरै सम्मान मिलिरहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित