७ मंसिर २०८३, सोमबार

कम्युनिस्ट नेता बरमन बुढाकाे निधन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बरमन बुढाको ललितपुरमा उपचारका क्रममा निधन भएको छ ।

९० वर्षका बुढा ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।

विगत एक वर्षदेखि उनको आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो ।

बुढा २०४८ सालमा तत्कालीन जनमोर्चाबाट सांसद बनेका थिए । जनमोर्चाका विजयी आठ सांसदहरूमध्ये एकजना बरमन बुढा थिए ।

त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए । तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत बरमन बुढा होमिएका थिए ।

प्यूठान कारागारमा बस्दा मोहनविक्रम सिंहसँगको संगतले उनी कम्युनिष्ट बनाएका थिए ।

२०१२ सालमा थवाङ फर्किएर उनले कम्युनिष्टको बिजारोपण गरेको बताइन्छ ।