७ मंसिर २०८३, सोमबार

संगठनलाई लय दिँदै आईजी थापा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेपाल प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीले संगठनलाई गतिशिल बनाउनका लागि कानुन कार्यान्वयनको दृष्टिलाई प्रमुख ठानेका छन् ।

प्रहरीले चुक्न र झुक्न नहुने अठोट राखेका थापाले नैतिक आचरण र व्यवाहारलाई मूल मन्त्र बनाई अगाडि बढ्नका लागि निर्देशन पनि दिएका छन् । नेपाल पुलिस क्लवमा एउटा कार्यक्रमका दौरान उपत्यकालगायत महानगरका प्रहरी अधिकारीलाई उनले यस्तो निर्देशन दिएका हुन् ।

महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै आईजी थापाले संगठनलाई सकारात्मक लयमा लैजानुपर्ने बताएका थिए ।

प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राही समक्ष प्रहरीले उच्च आचरण र व्यवहार सहित प्रस्तुत भए प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक हुने आईजी थापाको भनाई थियो ।

साधन स्रोतको उचित प्रयोग गरेर प्रहरीले गर्ने काम कारवाही संचालन गर्न सकेमा आगामी दिनमा संगठनले राम्रो प्रतिफल प्राप्त गर्न सक्ने उल्लेख गरेका थापाले भने,‘छिटोछरितो सेवा प्रवाह अनिवार्य सर्त हुनुपर्छ ।’

अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा प्रमाणमुखी बनाउनुपर्ने बताएका उनले अपराध कार्य नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा प्रहरीको काम गर्ने शैली पनि अझ गतिलो हुनुपर्ने जिकीर गरे ।

कोरोना भाइरस (कोभिड(१९) को संक्रमणको अवस्थामा प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिकाको उनले प्रशंसा गरेका थिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए । आईजीको निर्देशक अक्षरस पालना हुने प्रतिबद्धता पोखरेलले गरेका थिए ।