
धादिङ, ६ साउन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ ।
साेमबार राति माथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षका मिलन खाँण, उनकी श्रीमती २० वर्षकी सम्झना खाँण र १८ महिनाका एक बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।
एउटा मात्र घर पहिरोले बगाएको र बाँकी ५ घर जोखिममा रहेको तथा ती परिवारलाई सुरक्षित ठाउँमा राखिएको छ ।











प्रतिक्रिया