७ मंसिर २०८३, सोमबार

काठमाडाैं प्रवेश गर्ने मुख्य नाका ठप्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ६ साउन । अविरल वर्षाका कारण काठमाडाैं उपत्यका प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ ।

धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान भएपछि सोमबार दिउँसोदेखि काठमाडाैंसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको हाे ।

पुलको धादिङ तर्फको भू-भाग खहरे खोलाले बगाएपछि सडक र पुल बीचबाट खोला बगेकाले सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काले बताए ।

मौवाखोलामा आएको बाढीले करीब १५ मिटर पुलसँगै जोडिएको सडकसमेत बगाएको छ । सडक ठप्प हुँदा तनहुँ र चितवनबीच समेत आवतजावत रोकिएको छ ।

मौवाखोलाले तीन वटा घरसमेत बगाएको धादिङ प्रहरीले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलोमा पनि पहिरो खसेको छ । सोमबार बिहान पाँच बजे पहिरो खसेपछि दुईतर्फी सडक बन्द छ । कुरिनटार, चोर खोला लगायतका स्थानमा पनि पहिरो खसेको छ।