धनगढी, ६ साउन । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाकी उप-प्रमुखले चढ्ने गाडीमा आगजनी भएको छ ।
अपरिचित समूहले नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो ।
घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्ने गाडी पार्किङ गरिराखिएको स्थानमा आगजनी भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिएका छन् ।
आगलागीबाट गाडीको पछाडिपट्टिको भाग जलेर नस्ट भएको छ । आगलागी कस्ले गरेकाे हाे खुलेको छैन् । प्रहरीले घटनाकाे अनुसन्धान शुरू गरेकाे जनाएकाे छ ।











प्रतिक्रिया