२९ आश्विन २०८३, बिहिबार

जबरजस्ती करणी अभियोगमा १२ वर्षीयसहित ३ जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–९ का २० वर्षीय अतुल तमौलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

१६ भदौ २०७६ मा बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका अतुललाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

यस्तै १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाशिला गाउँपालिका–५ पर्वतका १२ वर्षीय र १४ वर्षीय दुई किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

मानसिक रुपमा अपांगता भएकी ती किशोरीलाई गत जेठ १७ गते सोही ठाउँ पिँडालु खोलामा जबरजस्ती करणी गरेको बताइएको छ ।

पक्राउ परेका सबैको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।