७ मंसिर २०८३, सोमबार

नेकपा नेता पोखरेलको भन्छन्– मंसिरमा महाधिवेशनको प्रस्तावबाट भाग्नु उचित हो ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको ‘मंसिरमा अर्ली महाधिवेशन’बाट अन्य नेता भाग्नु उचित नभएको जिकीर गरेका छन् ।

ओलीको प्रस्तावमा पार्टीका वरिष्ठ नेताहरूको असहमतिमाथि प्रश्न गर्दै उनले भनेका छन्,‘पार्टी एकता गर्दा २ वर्षमै एकता महाधिवेशन गर्छौ भन्ने नेताहरू ३ वर्ष भित्रै महाधिवेशन गरौं भन्दा सकिदैंन भनेर पन्छिन खोज्नु उचित हो र ?’

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो प्रश्न गरेका हुन् ।

शनिबार प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसमक्ष मंसिरमा पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

आइतबार दुई अध्यक्षबीच साँझ झन्डै साढे दुई घन्टा कुराकानी भएको थियो । ओलीसँग कुरा गर्न प्रचण्ड सवा ४ बजेतिर बालुवाटार पुगेका थिए भने पौने ७ बजे बाहिरिएका थिए ।