शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नायिका उषा र नायक सुधांशुबीच खटपट, अलग–अलग बस्न थाले

दैनिक नेपाल २०७७ साउन ५ गते ६:१२

काठमाडौं । नायिका उषा पौडेल र नायक सुधांशु जोशीबीचको सम्बन्धमा खटपट भएको छ ।

विवाद बढेपछि उषा र सुधांशु अलग–अलग बस्दै आएका छन् । तीन वर्ष अगाडि विवाह गरेका उषा र सुधांशु विगत छ महिनादेखि अलग अलग बस्दै आएका थिए । उनीहरूले अमेरिकामा विवाह गरेका थिए ।

अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छिन् ।

उषा र सुधांशुले बिहे दर्ता भने गरेका थिएनन् । उषाले बारम्बार बिहे दर्ताका लागि गरेको आग्रहलाई सुधांशुले नमानेपछि उनीहरूबी कलह सुरु भएको स्रोतले जनाएको छ ।

उषा बाल्टिमोरमा बस्न थालेपछि सुधांशु केही समय अगाडि उनीसँग कुरा गर्न वाल्टिमोर पनि पुगेका थिए । उषा र सुधांशुको कुरा मिल्न नसकेको स्रोतको भनाइ छ ।

अमेरिकामा पुगेपछि उषा र सुधांशुबीच प्रेम सम्बन्ध जोडिएको थियो । प्रेममा रहेको केही समयपछि उनीहरूले बिहे गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित