३ कार्तिक २०८३, मंगलबार

कविता : के गर्न खोज्या हो ?

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-टिकार्जन सिवाकोटी

अर्बौं ऋणमा चुर्लुम्मै डुबेर
खर्बौको फुई अनि चुरिफुरि देखाएर
डबल नेकपा मने बनाएर
जनतालाई कहिँ नभएको दुख दिएर

मने समाजवाद उन्मुख स्वाधीन बनाएर
विदेशीको ईसारामा निर्यण र नीति बनाएर
युवाहरुलाई भुमिका विहिन बनाएर
अरुले भन्दा नि आफै मपाई भएर

कम्युनिष्ट नाम राखेर
कमाउनिष्ठ व्यवहार गरेर
कान्डै कान्डले देश भरेर
एउटैको समाधान नगरेर

गलत समयमा विदेशबाट नेपाली ल्याएर
सहि समयमा विवेकपुर्ण निर्णय नगरेर
देशमा कोरोना बढाएर
अनि फेरि लकडाउन खुकुलो बनाएर

कोठामा मुन्छे थुनेर
अनि करको दर बढाएर
आवश्यक ठाउँमा खर्च नगरेर
अनि अनावश्यक ठाउँमा वायियात खर्च गरेर

डबल नेकपा भएर
अनि व्यवहार सिङ्गल सिङ्गल गरेर
विश्वविद्यालयलाई वेरोजार कारखाना बनाएर
सीप र व्यवहारिक पाठ्यक्रम नल्याएर

विद्वानहरुलाई पाखा लगाएर
अनि जेमा नि आफै विद्वान भएर
समयको माग एकातिर अनि
आपुर्ति चै अर्कोतिर गराएर

कस्तो समाजवाद उन्मुख स्वाधीन अर्थतन्त्रको निर्माण
गर्न खोज्या हो निस्चित रुपमा महान् कमरेडहरुले
बुज्न नसकेको मैले मात्रै हो कि अरुले पनि हो ?