७ मंसिर २०८३, सोमबार

डिआईजी सिंह आक्रामक, फरार अभियुक्त पक्राउ अभियानमा अर्को सफलता

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

६ बर्षदेखि फरार रहेका हत्याका अभियुक्त कलवार

काठमाडौं, ४ साउन । प्रदेश २ प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) धीरजप्रताप सिंहले चलाएको फरार अभियुक्त पक्राउ अभियानमा अर्को सफलता मिलेको छ ।

अपराधविरुद्ध आक्रामक देखिएका सिंहको यो अभियानका क्रममा बारामा भएको एकजनाको हत्या अभियोगमा फरार रहेका अभियुक्त ६ बर्षपछि प्रहरीको नियन्त्रणमा परेका हुन् ।

९ वैशाख ०७१ मा बाराको तत्कालिन विश्रामपुर गाविस–९ स्थित गहुँखेतमा काम गर्ने भारत रक्सौलका प्रमोद साह तुरहालाई धारिलो हतियार प्रहरी गरी हत्या गरी फरार धमेन्द्रप्रसाद कलवारलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया बढाइएको डिआईजी सिंहले जानकारी दिए ।

प्रदेश २ प्रहरी प्रमुख डिआईजी धीरजप्रताप सिंह/फाइल तस्बिर

नियन्त्रणमा लिइएका कलवार पर्साको वीरगञ्ज महानगरपालिका १९ गहवा टोलमा लुकीछिपी बसेका थिए । अभियुक्त कलवार भारतकै बेतिया पश्चिम चम्पारण घर भएका नागरिक हुन् ।

तराईमा भएका कतिपय हत्या प्रकरणका अभियुक्त हालसम्म पनि फरार रहेको र पीडितले न्याय नपाएका फाइल खोल्दै डिआईजी सिंहले यो अभियान सुरु गरेका हुन् ।

‘सीमा क्षेत्रमा यस्ता हत्यालगायतका अनेक अपराधमा फरार अभियुक्तको संख्या धेरै छ, पुराना घटनामा प्रताडित सर्वसाधारणले न्याय पाउनुपर्छ भन्ने प्रहरीकै मान्यता हुन्छ’, डिआईजी सिंह भन्छन्,‘यो अभियानलाई सफल बनाउन माथाहतका जिल्ला प्रहरी कार्यालय र विविध ईकाइको सक्रियता र सहयोग बलियो छ ।’