
हेटाैँडा, ४ साउन । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ ।
शनिबार अपराह्न मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैसेको खोप्लाङ भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–१ का २५ वर्षीय युवा दीपेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार भैसे पुगेर हेटौँडा फर्कने क्रममा मृतक पाण्डे सवार ना६२प ९७१५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।











प्रतिक्रिया