शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोना लागेकी अभिनेत्री ऐश्वर्या अचानक अस्पताल भर्ना

दैनिक नेपाल २०७७ साउन ३ गते ६:१०

मुम्बई । कोरोना भाइरस संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकी अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ४६ वर्षीया अभिनेत्री रायलाई शुक्रबार साँझ मुम्बइस्थित नानावती हस्पिटलमा भर्ना गरिएको हो ।

केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् ।

ऐश्वर्याका पति अभिषेक बच्चन र ससुरा अमिताभ बच्चनको पनि नानावती हस्पिटलमा कोभिड १९ को उपचार भइरहेको छ ।

गत साता अमिताभका बाबुछोरालाई कोरोनाभाइरस संक्रमण भएको थियो ।

त्यसको भोलिपल्टै ऐश्वर्याकी ८ वर्षीया छोरी आराध्यलाई पनि कोभिड १९ संक्रमण भएको छ ।

प्रतिक्रिया
सम्बन्धित