
काठमाडौँ, २ साउन । प्रहरीले काठमाडौँको टोखाबाट अपहरणमा परेका रामबाबु साहलाई सकुशल उद्धार गरेको छ ।
प्रहरीका अनुसार साहलाई लोकन्थलीको नरेफाँटबाट सकुशल उद्धार गरिएको हो । अपहरणमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अपहरण गरेर २५ लाख रुपैयाँ लिएर आउन भनिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाइएको छ ।
प्रहरीले फोन गरेर पैसा बुझाउन आउने भनेर साहको उद्धार गरेको जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।















प्रतिक्रिया