
काठमाडौँ, २ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
असार १८ गतेदेखि स्थगित हुँदै आएको बैठक साउन ४ गतेसम्मका लागि स्थगित गरिएको बालुवाटार स्रोतले जनाएको छ ।
शुक्रबार विहान ११ बजे र त्यसपछि सारेर दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो । यसअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो ।
उनीहरुबीचको छलफलपछि स्थायी कमिटीको बैठक साउन ४ गते ३ बजेका लागि स्थगित गरिएको जनाइएको छ ।
असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि चुलिएको पार्टी आन्तरिक विवाद समाधानका लागि प्रयास भइरहेका छन् ।
त्यसका लागि असार १८ गतेदेखि स्थायी कमिटी स्थगित गरेरै अध्यक्षद्धय निरन्तर छलफलमा जुटेपनि ठोस सहमति हुन सकेको छैन ।















प्रतिक्रिया