
काठमाडौँ, १ साउन । कञ्चनपुरमा पनि सलह किराको झुण्ड देखिएको छ ।
भारतको उत्तर प्रदेशको खिरी जिल्लासँग सीमा जाडिएको कञ्चनपुरको पुनर्वास नगरपालिकामा बिहीबार दिउँसो सलहको झुण्ड देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले सलह किरा ठूलो झुण्ड देखिएको फेसबुकमार्फत जानकारी गराउँदै त्यसको यथार्थ संकलनका लागि प्राविधिक टोलीलाई त्यसतर्फ पठाइएको बताएको छ ।
प्रशासनले कृषकहरुलाई सतर्क रहन पनि अनुरोध गरेको छ ।















प्रतिक्रिया