
काठमाडौँ, १ साउन । ओखलढुंगामा १५ जना भारतीयमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काममा कार्यरत जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा क्याम्प खडा गरेर बस्दै आएका १५ जना भारतीयमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
केही दिनअघि ५५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा भारतीय नागरिकहरुमा मात्रै संक्रमण पुष्टि भएको हो ।















प्रतिक्रिया