५ कार्तिक २०८३, बिहिबार

थपिए १६७ जना कोरोना संक्रमित, २१३ डिस्चार्ज, निको हुनेको संख्या ११ हजार २४९ पुग्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म १७ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण देखिएको बताए ।

त्यस्तै, गत २४ घण्टामा थप २ सय १३ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै ११ हजार २ सय ४९ जनाले उपचारपछि कोरोना जितेका छन् ।

मन्त्रालयका अनुसार हाल ६ हजार ५६ जना सक्रिय केस रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।