सोमबार, १२ असोज २०७७
DainikNepal.com
सोमबार, १२ असोज २०७७

गायिका करिश्मा घर्तीसहितको टिमद्वारा ‘बुहारी’ सार्वजनिक

दैनिक नेपाल २०७७ साउन १ गते १०:१९

काठमाडौं । गायिका टीका सानुसहितका गायक र गायिकाहरूको स्वरमा ‘बुहारी’ बोलको तीज गीत आएको छ ।

टीकाको शब्द रहेको गीतमा मानसिंह खड्का, करिश्मा घर्ती मगर र धनमाया नेपालीको स्वर रहेको छ । तीज पर्व नजिकिदै गर्दा टीकाको टिमले गीत ल्याएको हो ।

म्युजिक भिडियोमा रमा थपलिया, लक्ष्मी गिरी, मानसिंह खड्कासहितका कलाकारहरूको अभिनय रहेको छ । म्युजिक भिडियोलाई मानसिंहले निर्देशन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित