शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

घमण्डमा दीपाले हैसियत भुल्दा गालीको वर्षा

दैनिक नेपाल २०७७ साउन १ गते ८:५४

काठमाडौं । नेपाली फिल्ममा चलेकी अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलाको जिब्रो चिप्लिदा ठूलो आलोचना खेप्नु परेको छ ।

अधिकांश कलाकार र शुभेच्छुकहरूले दीपाको आलोचना गरेका छन् । दीपाले राजेश हमाल ‘महानायक’ होइन भन्ने अभिव्यक्ति दिएपछि आलोचित हुन पुगेकी हुन् ।

अभिनेता हमालले ट्वीट गर्दै दीपालाई गाली नगर्न अपील गरेका छन् । हमालले ठूलो छाती देखाउँदै यो विषयलाई धेरै बढाइ चढाइ नगर्न भनेका छन् ।

दीपालाई उनको ब्यानरमा अभिनय गरेका कलाकारहरूले मात्रै साथ दिएका छन् । हमाललाई नाम चलेका कलाकारदेखि साधारण कलाकार र प्राविधिकहरूले साथ दिएका छन् । शुभेच्छुकहरू पनि दीकाभन्दा धेरै हमालका छन् ।

अभिनेता हमालविरुद्ध जथाभावी बोल्दा अभिनेत्री दीपले समस्या भोग्नु परेका थियो । दीपाको पक्षमा सबैभन्दौ धेरै ठूलो बचाउ गर्नेमा अभिनेता दीपकराज गिरी छन् ।

अभिनेता हमालमाथि दिएको अभिव्यक्तिपछि दीपामाथि आएका आरोपप्रत्यारोप र गालीगलौजले पराकाष्ठा नाघेको भन्दै चलचित्रसँग सम्बन्धित सात संस्थाहरुले संयुक्त वक्तव्य जारी गरेका छन् ।

सामाजिक सञ्जालमा आएका यस किसिमका प्रतिक्रिया नरोकिएमा आफूहरु अब साइबर कानुन अनुसार कारबाहीको प्रकृया अगाडि बढाउने वक्तव्यमा उल्लेख छ ।

‘वर्तमान सन्दर्भमा सामाजिक सञ्जालमा चलचित्रकर्मी लक्षित गालीगलौच र अश्लील प्रतिक्रिया आएकोप्रति हामी संवेदनशील भएका छौं । यस किसिमका प्रतिक्रिया नरोकिए यो प्रतिक्रिया नेपालबाट आएको भए नेपालको साइबर कानुन अनुसार र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारबाहीको प्रकृया अगाडि बढाउने पनि यही वक्तव्यमार्फत जानकारी गराउन चाहन्छौं’, वक्तव्यमा उल्लेख छ ।

चलचित्रसँग सम्बन्धित संस्थाहरू नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ र नेपाल चलचित्र नृत्य संघले उक्त वक्तव्य जारी गरेका हुन् ।

कुनै अभिव्यक्तिको टिप्पणीलाई लिएर सिंगो चलचित्र जगत अफवाहपूर्ण कुतर्क र एकअर्काको मानमर्दन हुनु दुस्खपूर्ण रहेको वक्तव्यमा उल्लेख गरिएको छ ।

आफ्नो स्वतन्त्रताको उपभोग गर्दा पेशागत मर्यादा, सामाजिक मर्यादा, आपसी भाइचारा, सदाचार र संयमतालाई समेत मध्यनवर राखी अभिव्यक्ति दिन पनि अनुरोध गरेको छ ।

वक्तव्यमा लेखिएको छ, ‘सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्नु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन ।’

प्रतिक्रिया
सम्बन्धित