५ कार्तिक २०८३, बिहिबार

निजी विद्यालयले भोलिदेखि अनलाइन कक्षा बन्द गर्ने, शिक्षकलाई बेतलवी विदा दिइने

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि अनलाइन कक्षा रोक्ने भएका छन् ।

प्याब्सन र एनप्याब्सनका अध्यक्षहरु टिकाराम पुरी र ऋतुराज सापकोटाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन् ।

उनीहरुले साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी विदा दिने उल्लेख गरेका छन् ।

उनीहरुले असार १ गतेदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरु गरेका थिए । आर्थिक समस्याका कारण उनीहरुले सिकाइ क्रियाकलाप अगाडी बढाउन नसेकेको उनीहरुको भनाइ रहेको छ ।

आर्थिक संकट आइपरेकाले विद्यालय बन्द गरेर बस्नु नै उत्तम विकल्प रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।