५ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय युवा परिषद र सीटीईभीटीबीच उत्पादनशील जनशक्ति उत्पादन गर्ने सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । राष्ट्रिय युवा परिषद र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रबीच मागमा आधारित सीपमुलक तालिम सञ्चालन गर्ने सम्झौता भएको छ ।

मंगलबार राष्ट्रिय योजना आयोगको सभाहलमा एक कार्यक्रमकाबीच छोटो अवधिको सीपमूलक तालिममार्फत् उत्पादनशील जनशक्ति तयार गरी उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पुर्याउने व्दिपक्षीय समझदारी पत्रमा भएको हो ।

समझदारी पत्रमा सीटीईभीटीका तर्फबाट उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र राष्ट्रिय युवा परिषदका तर्फबाट कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले हस्ताक्षर गरेका थिए ।

राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुबीचको उपस्थितिमा सम्झौता भएको हो ।