बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अवैध सुन आयात गरी ९९ लाखको कारोबार गरेको आरोपमा पक्राउ

दैनिक नेपाल २०७७ असार ३० गते २०:२५

सांकेतिक तस्वीर

काठमाडौँ, ३० असार । आन्तरिक राजस्व विभागले भैरहवाका एक सुन व्यापारीलाई अवैध सुन आयात गरी कारोबार गरेको अभियोगमा पक्राउ गरेको छ ।

विभागले भैरहवा गल्लामण्डीमा रहेको सोनी ज्वेलर्सका प्रोप्राइटर सुनील सुनार र उनका सहयोगी अमित परियार अवैध सुन चोरी तथा आयात गरी राजस्व चुहावट गरेको र अवैध आर्थिक कारोबार गरेको सूचनाका आधारमा पक्राउ परेका हुन् ।

विभागका अनुसार उनीहरुको साथबाट ९९ लाख ५ हजार रुपैयाँ नगद तथा कागजात बराबद भएको छ ।

विभागको टोलीले मंगलबार उनको कारबाट अवैध आर्थिक कारोबार र राजस्व चुहावट गरेको ७३ लाख ५५ हजार र उनको पक्लिहवास्थित घर र सोनी ज्वेलर्सबाट थप २५ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित