शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई चोट दिन नभएको परराष्ट्र प्रष्टिकरण

दैनिक नेपाल २०७७ असार ३० गते १९:५०

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार रामको जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले कसैको भावनालाई चोट पुर्याउन नभनिएको बताएको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त भनाइको कुनै राजनीतिक सम्बन्ध नभएको र कसैको भावनालाई चोट पु¥याउन नभनिएको बताएको छ ।

‘राम र उनीसँग सम्बन्धित विभिन्न मिथक छन्। प्रधानमन्त्रीले राम, रामायण र उक्त सभ्यतासँग जोडिएका थप तथ्यहरू फेला पार्न विभिन्न साँस्कृतिक ठाउँको थप अध्ययन र अनुसन्धान गर्नुपर्ने कुरालाई जोड दिनुभएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै प्रधानमन्त्री ओलीको भनाइ अयोध्या र यसले बोक्ने सांस्कृतिक महत्वलाई कमजोर पार्नु पनि नरहेको परराष्ट्र स्पष्ट पारेको छ ।

सोमबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको बताएका थिए । त्यस्तै, साँचो अयोध्या नेपालको वीरगञ्ज नजिक रहेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित