बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

ओखलढुंगामा थप एक जनामा कोरोना, अर्का कोरोना संक्रमितलाई घर फर्काएपछि गाउँ नै सिल

दैनिक नेपाल २०७७ असार ३० गते १८:१७

काठमाडौँ, ३० असार । आगेलढुंगामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।

केही समयअघि साउदीबाट आएका सुनकोशी गाउँपालिकाका २४ वर्षीय पुरुषमा संक्रमण पुुष्टि भएको हो । मंगलबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

जिल्लाका विभिन्न क्वारेन्टिनबाट २१ जनाको नमुना संकलन गरिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पताल लाने तयारी भइरहेको जनाइएको छ ।

उनीसँगै अन्य ४ जना युवा पनि आएको बताइएको छ । साथै, युवकको सम्पर्कमा आएकाहरुको स्वाब संकलनको कार्य भइरहेको जनाइएको छ ।

त्यस्तै, लिखु गाउँपालिकाका ७२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि गाउँ नै सिल गरिएको छ । क्यान्सरपीडित वृद्धमा असार २६ गते कोरोना संक्रमण देखिएको थियो ।

क्यान्सरका कारण अवस्था चिन्ताजनक भएपछि काठमाडौँबाट उनलाई अस्पतालले घर फर्काएको थियो । त्यसपछि लिखु वडा नं. २ स्थित कुवापानीको शिंखे टोलमा रहेको १७ घरधुरी सिल गरिएको हो ।

वृद्धसँग गाउँका अन्य पनि सम्पर्कमा आएकाले गाउँलाई नै क्वारेन्टिन बनाउनका लगि उनलाई फर्काइएको र गाउँ सिल गरिएको जिल्लाले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित