शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

काँग्रेस नेता शाहीमा कोरोना पुष्टि, प्रदेशसभामा त्रास

दैनिक नेपाल २०७७ असार ३० गते १७:४८


काठमाडौँ, ३० असार । कर्णाली प्रदेशका प्रदेशसभा सदस्य एवम् काँग्रेस नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको २ दिनअघि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनको सम्पर्कमा रहेकाहरुको परीक्षण गर्न लागिएको बताइएको छ ।

संसदीय समितिका विभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए ।

शाहीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ ।

प्रतिक्रिया
सम्बन्धित