५ कार्तिक २०८३, बिहिबार

थप ११६ जनामा कोरोना पुष्टि, १७ हजार नाघ्यो संक्रमितको संख्या

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएकासँगै संक्रमितको संख्या सङ्ख्या १७ हजार ६१ जना पुगेको छ ।

तीमध्ये १० हजार ३ सय २८जना अर्थात् ६०.५३ प्रतिशत सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, गत २४ घण्टामा थप ३८ जनाले कोरोना जितेका छन् ।

यसैबीच कर्णाली प्रदेशसभामा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ ।

पछिल्ला केही दिनमा संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।