शुक्रबार, ९ साउन २०७७
DainikNepal.com
शुक्रबार, ९ साउन २०७७

ग्लोबल आइएमई बैंकद्वारा बाग्मती प्रदेशलाई आर्थिक सहयोग

दैनिक नेपाल २०७७ असार ३० गते ७:२७

काठमडाैं, ३० असार । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि बाग्मती प्रदेश सरकारलाई रु. १० लाख सहयोग गरेको छ ।

आइतबार एक कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धकहरू नारायण प्रसाद पौडल, लक्ष्मण पौडल र दीपेन्द थापाले संयुक्तरुपमा बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरूमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।

प्रतिक्रिया
सम्बन्धित