बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

ऐश्वर्या र उनकी छोरी आराध्या पनि कोरोना पुष्टि

दैनिक नेपाल २०७७ असार २८ गते १५:४३


काठमाडौँ, २८ असार । बलिउड नायिका ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नायक अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनको परिवारको पनि कोरोना परिक्षण गरिएको थियो ।

जसमा पहिलो पटक गरिएको परिक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या र जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो ।

तर दोश्रो पटक गरिएको परिक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको आइतबार साढे २ बजेको रिपोर्टमा पोजेटिभ देखिएको डिएनए इन्डियाले जनाएको छ ।

जया बच्चन र अन्य केही सदस्यहरुको भने नेगेटिभ आएको छ । उनीहरुलाई नानावी अस्पताल भर्ना गरिने तथा जया भने होम क्वारेन्टिनमा नै रहने जनाइएको छ ।

उनीहरुमा सामान्य लक्षण देखिएको बताइएको छ । नायक अभिषेक बच्चनले सबैलाई धैर्य रहन अनुरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित